फिजियोथेरापी संघद्धारा फिजियोथेरापिष्टको कोरोना बीमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल फिजियोथेरापी संघले आफ्ना सदस्यहरुको नि :शुल्क कोरोना बीमा गराएको छ । फिजियोथेरापिष्टहरुको छाता संगठन संघले आवेदन दिएका सबै साधारण सदस्यहरुको बीमा संघकै लागतमा गरेको जनाएको छ ।
फिजियोथेरापिष्टहरुले विरामीको नजिक गई उपचार गर्नुपर्ने हुँदा संक्रमणको जोखिम हुने भएकाले उनीहरुको बीमा गरिएको संघका प्रवक्ता महासचिव समिद कतिला श्रेष्ठले जनाए । उनले कोरोना पोजेटिभ भएका सबैलाई फिजियोथेरापी आवस्यक नभए पनि केही स्वासप्रस्वासका समस्याहरु तथा अन्य शारीरिक समस्याहरुमा यो उपचार गर्नुपर्ने हुँदा हाल केही अस्पतालमा संक्रमितको फिजियोथेरापी भईरहेको समेत जानकारी दिए।
यो सानो प्रयासले फिजियोथेरापिष्टहरु प्रोत्साहन हुने संघको विश्वास छ । झण्डै ६ सय सदस्य रहेको संघमा हाल आवेदनका आधारमा १ सय भन्दा बढीको बीमा गरिएको छ । बीमा रकम एक लाख बराबरको हुनेछ । यदि बिरामीलाई सेवा दिने क्रममा कोही फिजियोथेरापिस्टलाई संक्रमण भएमा एक लाख रुपैयाँ पाउने संघका कोषाध्यक्ष दिल्दिप खनालले जनाए ।
यसका लागि अष्ट्रेलियामा भएका फिजियोथेरापिष्टहरुले पनि आर्थिक सहयोग गरेको संघले जनाएको छ ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै