थप १ हजार १२० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१ हजार ६४९ पुग्यो
काठमाडौं उपत्यकामा थपिए ३८८ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १२० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । आज काठमाडौं उपत्यकामा मात्रै थप ३८८ जनामा कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार आज मात्रै १ हजार ११२ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कोरोना जितेर निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।
हाल देशभरका विभिन्न आइसोलेसन र होम आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा