वीर अस्पतालकै स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो आइरहेका बेला मुलुककै जेठो वीर अस्पतालका स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता नपाएको खुलेको छ । वीर अस्पतालका कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्कर्मीले आफूहरुले अहिलेसम्म जोखिम भत्ता नपाएको गुनानो गरेका छन्।
उनीहरुले यस्तो महामारीमा जोखिम मोलेर विगत ५ महिना देखि दिनरात नभनी काम गरेको भए पनि हालसम्म तलब बाहेक अन्य सुविधा नपाएको बताए । ‘प्रयोगशालामा स्वाबको नमुना बढी हुँदा राती १२ बजेसम्म पनि बसेर काम गर्नुुपर्छ न त ओभर टाइमको पैसा छ न त कोरोना जोखिम भत्ता नै कसरी काम गर्ने जाँगर चल्छ,?’ एक स्वास्थ्यकर्मीले प्रश्न गरे । तर पनि नैतिकताले दिंदैन काम त गर्नेपर्छ र गरिरहेका पनि छौं, उनले भने । यस विषयमा अस्पतालसँग कुरा गरेको भए पनि आश्वासन बाहेक केही नपाएको उनीहरुको गुनासो छ ।
उता अस्पतालका निर्देशक डा केदार सेन्चुरीले भत्ताका लागि मन्त्रालयसँग बारम्बार कुरा भइरहेको जनाएका छन्। यसरी ५ महिनासम्म कोरोना जोखिम भत्ता नपाउँदा स्वास्थ्यकर्मीलाई काम गराउनै मुश्किल भएको उनको भनाई छ । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई शत प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।
त्यसो त प्रयोगशाला, रेडियोलोजी विभाग लगायतमा उच्च स्वास्थ्य जोखिम हुने विभागमा काम गर्ने स्वास्थ्यकर्मीलाई २५ प्रतिशतसम्म जोखिम भत्ता नियमित रुपमा दिने गरिएको छ । तर वीर अस्पतालमा कर्मचारीहरुले त्यही भत्ता पनि ८ महिनादेखि पाएका छैनन्।
कामकै शिलशिलामा वीर अस्पतालमा हालसम्म चिकित्सकसहित ७१ जना कर्मचारीमा कोेरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये ६ जना त प्याथोलोजी विभागका छन्।
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै