Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण

२० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा पोखराका २० जना प्रहरीसहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार आज गरिएको परीक्ष्णमा ४ जिल्ला गरी थप ३५ जनामा कोरोना संक्रमण देखिएको हो । ती मध्ये २० जना पोखरामा नेपाल प्रहरीमा कार्यरत रहेको खुलेको छ ।

यसरी संक्रमण पुष्टि हुनेहरुमा कास्की पोखराका २३ जना, तनहुँका १ जना, लमजुङका ४ जना र नवलपरासीका ७ जना रहेका छन्।  निर्देशनालयले पुन अर्को विज्ञप्ति निकालेर थप एक जनामा कोरोना देखिएको जनाएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २२ सय ४६ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि