७३ प्रतिशत कोरोना संक्रमित १२ जिल्लामा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कुल संक्रमितमध्ये ७३ प्रतिशत कोरोना संक्रमित १२ वटा जिल्लामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा सुरेश तिवारीले नेपालमा १२ वटा जिल्लामा मात्रै ७३ प्रतिशत संक्रमित देखिएको भन्दै यी जिल्लामा बढी केन्द्रित हुनुपर्ने बताए ।
डा तिवारीले कोरोना समुदाय स्तरमा फैलिसकेको निष्कर्ष निकाल्दै १२ वटा जिल्ला कोरोनाको ‘हटस्पट’ भएको र यी स्थानमा लकडाउन, निषेधाज्ञा, कन्ट्याक्ट ट्रेसिङ लगयातका काममा अघि बढ्नुपर्ने बताए । उनले यी १२ जिल्लामा ५ सय भन्दा बढी संक्रमित रहेको र त्यसमा पनि सबैँभन्दा बढी संक्रमित काठमाडौं लगायतका ४ जिल्लामा रहेको बताए । बारा, पर्सा, सुनसरी, मोरङ,रौतहट, महोत्तरी, धनुषा चितवन, काठमाडौं लगयतका स्थानमा संक्रमण बढी देखिएको छ ।
उनले कोरोना संक्रमणको दर र मृत्यु पनि बढ्दो अवस्थामा रहेको भन्दै संक्रमण धेरै भएका र थोरै भएका जिल्लामा छुट्टाछुट्टै रणनिती बनाएर काम गर्नुपर्नेमा जोड दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम