Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

७३ प्रतिशत कोरोना संक्रमित १२ जिल्लामा

७३ प्रतिशत कोरोना संक्रमित १२ जिल्लामा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कुल संक्रमितमध्ये ७३ प्रतिशत कोरोना संक्रमित १२ वटा जिल्लामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा सुरेश तिवारीले नेपालमा १२ वटा जिल्लामा मात्रै ७३ प्रतिशत संक्रमित देखिएको भन्दै यी जिल्लामा बढी केन्द्रित हुनुपर्ने बताए ।

डा तिवारीले कोरोना समुदाय स्तरमा फैलिसकेको निष्कर्ष निकाल्दै १२ वटा जिल्ला कोरोनाको ‘हटस्पट’ भएको र यी स्थानमा लकडाउन, निषेधाज्ञा, कन्ट्याक्ट ट्रेसिङ लगयातका काममा अघि बढ्नुपर्ने बताए । उनले यी १२ जिल्लामा ५ सय भन्दा बढी संक्रमित रहेको र त्यसमा पनि सबैँभन्दा बढी संक्रमित काठमाडौं लगायतका ४ जिल्लामा रहेको बताए । बारा, पर्सा, सुनसरी, मोरङ,रौतहट, महोत्तरी, धनुषा चितवन, काठमाडौं लगयतका स्थानमा संक्रमण बढी देखिएको छ ।

उनले कोरोना संक्रमणको दर र मृत्यु पनि बढ्दो अवस्थामा रहेको भन्दै संक्रमण धेरै भएका र थोरै भएका जिल्लामा छुट्टाछुट्टै रणनिती बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि