Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वीर अस्पतालमा डाक्टरसहित ७१ जनामा कोरोना संक्रमण, ओपीडी सेवा बन्द

वीर अस्पतालमा डाक्टरसहित ७१ जनामा कोरोना संक्रमण, ओपीडी सेवा बन्द

हेल्थ टिभी अनलाइन \काठमाडौं : मुलुककै जेठो वीर अस्पतालमा डाक्टरसहित ७१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले आज मंगलबार दिउँसोसम्म ७१ जना स्टाफमा कोरोना संक्रमण पुष्टि भएको बताए ।  उनले भने,’ धमाधम चिकित्सक, नर्स एवं अन्य स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । त्यसैले बुधबार र बिहिबार दुई दिन ओपीडी सेवा पूर्ण रुपमा बन्द गर्दैछौं ।  ‘उनले आज अस्पतालका ल्याब, फार्मेसी लगायतका विभागमा पनि संक्रमण देखिएकाले अस्पतालमा निर्मलीकरण गर्ने उद्देस्यले सेवा बन्द गर्नुपरेको बताए ।

हालसम्म वीर अस्पतालमा मात्रै १२ जना चिकित्सक,  १२ भन्दा बढी नर्स, अन्य स्वास्थ्यकर्मी एवं कर्मचारीसहित ७१ जनामा कोरोना पुष्टि भइसकेको छ । आज गरिएको परीक्षणमा मात्रै वीरका १३ जनामा कोरोना पुष्टि भएको पनि डा सेन्चुरीले जनाएका छन्।

कोभिड र नन कोभिड  बिरामी एउटै अस्पतालमा हेर्दा सबैलाई पीपीई पुराउन नसकेको भन्दै धेरै स्वास्थ्यकर्मीमा संक्रमण देखिएको डा सेन्चुरीले जनाए । उनले सबै स्टाफलाई एउटै गाडीमा राखेर ल्याउँदा त्यसमा पनि संक्रमण फैलिएको हुनसक्ने जिकीर गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि