वीर अस्पतालमा डाक्टरसहित ७१ जनामा कोरोना संक्रमण, ओपीडी सेवा बन्द
हेल्थ टिभी अनलाइन \काठमाडौं : मुलुककै जेठो वीर अस्पतालमा डाक्टरसहित ७१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
अस्पतालका निर्देशक डा केदार सेन्चुरीले आज मंगलबार दिउँसोसम्म ७१ जना स्टाफमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले भने,’ धमाधम चिकित्सक, नर्स एवं अन्य स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । त्यसैले बुधबार र बिहिबार दुई दिन ओपीडी सेवा पूर्ण रुपमा बन्द गर्दैछौं । ‘उनले आज अस्पतालका ल्याब, फार्मेसी लगायतका विभागमा पनि संक्रमण देखिएकाले अस्पतालमा निर्मलीकरण गर्ने उद्देस्यले सेवा बन्द गर्नुपरेको बताए ।
हालसम्म वीर अस्पतालमा मात्रै १२ जना चिकित्सक, १२ भन्दा बढी नर्स, अन्य स्वास्थ्यकर्मी एवं कर्मचारीसहित ७१ जनामा कोरोना पुष्टि भइसकेको छ । आज गरिएको परीक्षणमा मात्रै वीरका १३ जनामा कोरोना पुष्टि भएको पनि डा सेन्चुरीले जनाएका छन्।
कोभिड र नन कोभिड बिरामी एउटै अस्पतालमा हेर्दा सबैलाई पीपीई पुराउन नसकेको भन्दै धेरै स्वास्थ्यकर्मीमा संक्रमण देखिएको डा सेन्चुरीले जनाए । उनले सबै स्टाफलाई एउटै गाडीमा राखेर ल्याउँदा त्यसमा पनि संक्रमण फैलिएको हुनसक्ने जिकीर गरे ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम