काठमाडौं उपत्यकामा एकै दिन थपिए ४८१ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ३९३ जना भक्तपुरमा ३० जना र ललितपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा देशभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४० हजार ५२९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा