कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयद्धारा ‘स्वयंसेवक’ माग
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि सेवा गर्न चाहने स्वयंसेवकको लागि आवेदन माग गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ- ‘कोभिड -१९ रोगको उपचारको लागि अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका बिरामीलाई सेवा उपलब्ध गराउनका लागि स्वयंसेवक भई कामकाज गर्न इच्छुक चिकित्सक नर्स, प्यारामेडिक्स तथा अन्य स्वास्थ्यकर्मीले यस मन्त्रालयको वेभसाइटमा भएको फारम भरी ३ दिन भित्र पेश गर्न सूचित गरिन्छ ।’
मन्त्रालयले फारम अनलाइनबाट मात्र बुझिने पनि जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम