१४ दिनको शिशुसहित गण्डकीमा थप ३९ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा १४ दिनको शिशुसहित थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज ४ जिल्लामा गरी थप ३९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ५ पुगेको छ ।
यसरी आज संक्रमण पुष्टि हुनेहरुमा लमजुङका १४ दिनको शिशुसहित २६ जना ,नवलपुरका १० जना, कास्कीका २ जना र बाग्लुङका १ जना रहेका छन्। उनीहरुलाई आइसोसेलसनमा लैजाने तयारी भइरहेको निर्देशनलायले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा