गोरखाकी ६५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेश मा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । गोरखा आरुघाट निवासी ६५ वर्षीया महिलाको मृत्यु भएसँगै मृतकको संख्या १४ पुगेको हो ।
उपचारका लागि काठमाडौं पुगेकी उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा भदौ १३ मा कोरोना पुष्टि भएको थियो ।
मृतक महिला थाइरोइड र मुटुरोगकी दीर्घरोगी रहेको निर्देशनालयले जनाएको छ । उनी भदौ ४ गतेदेखि उपचारमा थिइन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा