डा भोला रिजाललाई कोरोना संक्रमण, ह्याम्स अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । डा रिजाललाई ज्वरो आएपछि शनिबार स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै उनकी श्रीमतीमा पनि संक्रमण देखिएको छ ।
हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा रिजालले आफू र श्रीमतीलाई कोरोना संक्रमण भएपछि आइतबारदेखि ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएको बताएका छन्। उनले भने, ‘मलाई अस्पतालमा काम गर्दा कुनै न कुनै दिन संक्रमित हुन सकिन्छ भनेर तयार नै थिएँ, तर मैले श्रीमतीलाई संक्रमण सारें भन्नेमा चाहिं दुख लागेको छ । अहिले हामी दुबै जना ठिक छौं हल्का ज्वरो बाहेक खासै समस्या आएको छैन्।’
उनले आफूहरुको उमेर र अन्य स्वास्थ्य समस्याका कारणले घरमा भन्दा अस्पताल भर्ना हुनु उचित ठानेर अस्पतालको आइसोलेसनमा आएर बसेको बताए ।
डा रिजालले स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा बसेर जोखिम मोलेर सेवामा लागेका बेला उनीहरुको मनोबल बढाएर सहयोग गर्न समेत सर्वसाधारणलाई आग्रह गरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा