सरकारले पीसीआर परीक्षणको शुल्क घटायो, अब ४ हजार मात्र
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण ४ हजार रुपैयाँमा मात्र हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको यस अघिको शुल्क परिमार्जन गर्दै शुल्क ४ हजार रुपैयाँ तोकेको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आफनै प्रयोगशाला भएका अस्पतालले ४ हजार र प्रयोगशाला नभएका अस्पतालले सेवा शुल्क बापत थप ४ सय गरी अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्र लिन पाउने जनाएका छन्।
यसअघि सरकारले नै पीसीआर परीक्षणको ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो । त्यसो त सरकारी अस्पताल र ल्याबमा पीसीआर परीक्षण निशुल्क रहेको छ । विदेश जान परेमा वा आफूखुशी कोरोना परीक्षण गर्नुपरेमा भने शुल्क तिरेर परीक्षण गर्न पाइनेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा