Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सरकारले पीसीआर परीक्षणको शुल्क घटायो, अब ४ हजार मात्र

सरकारले पीसीआर परीक्षणको शुल्क घटायो, अब ४ हजार मात्र

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण ४ हजार रुपैयाँमा मात्र हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको यस अघिको शुल्क परिमार्जन गर्दै  शुल्क ४ हजार  रुपैयाँ तोकेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आफनै प्रयोगशाला भएका अस्पतालले ४ हजार र प्रयोगशाला नभएका अस्पतालले सेवा शुल्क बापत थप ४ सय गरी अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्र लिन पाउने जनाएका छन्।

यसअघि सरकारले नै पीसीआर परीक्षणको ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो । त्यसो त सरकारी अस्पताल र ल्याबमा पीसीआर परीक्षण निशुल्क रहेको छ । विदेश जान परेमा वा आफूखुशी कोरोना परीक्षण गर्नुपरेमा भने शुल्क तिरेर परीक्षण गर्न पाइनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै