भेरी अस्पतालमा पनि शुरु भयो प्लाज्मा थेरापीबाट संक्रमितको उपचार
हेल्थ टिभी अनलाइन \बाँके :बाँकेकाे भेरी अस्पतालमा पनि काेराेना संक्रमितका लागि प्लाज्मा थेरापी सेवा शुरू भएकाे छ ।
भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि प्लाज्मा थेरापी दिन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन्।
सिकिस्त भएका बिरामीका लागि प्लाज्मा दिन कोरोना संक्रमण भएर निको भएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले रगत दान गरेको पनि उनले जानकारी दिए ।उक्त प्लाज्मा आइसीयूमा रहेका एक जना सिकिस्त संक्रमितलाई दिने अस्पतालले जनाएको छ ।
प्लाज्मा थेरापीका लागि कोरोना भएर संक्रमण मुक्त भएका व्यक्तिले रगत दिनुपर्ने हुन्छ । उक्त रगत सिकिस्त भएका कोरोना संक्रमितलाई दिइन्छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा