आइसीयू र भेन्टिलेटर चाहिने संक्रमितको संख्या बढ्दो, कुन प्रदेशमा कति ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जसका कारण हाल १४४ जना संक्रमितहरु देशभरका विभिन्न आइसीयूमा उपचाररत छन भने यसैगरी कोरोना संक्रमणबाट सिकिस्त भएर भेन्टिरलेटरमा उपचार भइरहेको संक्रमितको संख्या १७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १७ जना, प्रदेश २ मा ३८ जना, बाग्मती प्रदेशमा ७० जना,गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १६ जना थरी १४४ जना संक्रमित आइसीयूमा छन्।
यसैगरी प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा १२ जना, प्रदेश ५ मा २ जना गरी १७ जना संक्रमितको अवस्था नाजुक भएका कारण भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा शुरु शुरुमा देखिएका संक्रमितमध्ये ८० प्रतिशत भन्दा बढीमा कुनै लक्षण नै देखिएको थिएन । तर हाल धेरै बिरामीमा लक्षण देखिन थालेको र आइसीयूको उपचार आवश्यक पर्ने देखिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा