Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुर अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

भरतपुर अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

हेल्थ टिभी अनलाइन\ चितवन : चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं ६ का ७८ वर्षीय पुरुषको आज सोमबार बिहान मृत्यु भएको हो । भदौ ६ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका उनको आइसीयूमा उपचार भइरहेकोमा आज बिहान ७:२० बजे निधन भएको अस्पतालमा कोभिड १९ क्लिनिकल टिममा संयोजक डा प्रमोद पौडेलले जनाएका छन्।

उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार