२४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु, १२२१ जना नयाँ संक्रमित थपिए
कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज अहिले सम्मकै उच्च १२ सय २१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी कोरोनाबाट एकै दिन भएको मृत्यु पनि अहिलेसम्मकै उच्च हो ।
नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ पुगेको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा २६७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । हाल नेपालमा १७ हजार ५१८ जना सक्रिय संक्रमित रहेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त