२९ वर्षीय कोरोना संक्रमित युवकको पाटन अस्पतालमा मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
ललितपुरको स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गर्दै पाटन अस्पतालमा उपचाररत ललितपुर निवासी २९ वर्षीय पुरुषको कोेरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारमा रहेका उनको हिजो शनिबार राती १० बजे मृत्यु भएको जनाइएको छ ।
नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु दर ह्वात्तै बढेको छ । हिजो सरकारले आधिकारिक रुपमा दिएको जानकारी अनुसार २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कुल मृत्यु हुनेको संख्या २०७ पुगेको थियो । त्यसपछि पनि मृत्युका घटना बाहिर आइरहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा