महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, मृत्युबारे अध्ययन गर्न टोली परिचालन
हेल्थ टिभी अनलाइन\ कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन गरिएको छ ।
शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंको केन्द्रिय प्रयोगशाला पठाएको छ ।
गत दुई साताको अवधिमै नै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली उक्त रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमूना संकलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताएका छन्।
पछिल्लो समय उक्त नगरापिलकामा मौसमी रुघाखोकी र उच्च ज्वरो धेरैमा देखिएको छ । रासस





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा