Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नवजात शिशुलाई यही वर्षदेखि भिटामिन ‘के’ दिइँदै

नवजात शिशुलाई यही वर्षदेखि भिटामिन ‘के’ दिइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही आर्थिक वर्षदेखि नवजात शिशुलाई भिटामिन ‘के’ दिने भएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका  खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले यसै वर्षबाट नवजात शिशुहरुलाई भिटामिन ‘के’ को सुई दिन लागिएको जनाएका हुन्। उनले त्यसका लागि खोप खरिद गर्न बजेट विनियोजन भइसकेको र सोही बमोजिम खोप खरिद गरी प्रदेश र स्थानीय तहमा पनि उपलब्ध हुने जनाए ।

उनले भिटामिन ‘के’ ले बालबालिकालाई घाउ चोटपटक लाग्दा हुने अत्यधिक रक्तश्राव रोक्ने जनाए । डा गौतमका अनुसार सरकारले हाल नेपालमा १२ प्रकारका खोपहरु बालबालिकालाई दिंदै आएको छ ।

भिटामिन ‘के’ नवजात शिशुहरुलाई सुईद्धारा दिइन्छ । डा गौतमले यो सुई लगाएपछि बालबालिकालाई घाउचोटपकबाट हुने रक्तश्रावलाई रोक्ने भएकाले धेरै नै उपयोगी हुने जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार