नवजात शिशुलाई यही वर्षदेखि भिटामिन ‘के’ दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही आर्थिक वर्षदेखि नवजात शिशुलाई भिटामिन ‘के’ दिने भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले यसै वर्षबाट नवजात शिशुहरुलाई भिटामिन ‘के’ को सुई दिन लागिएको जनाएका हुन्। उनले त्यसका लागि खोप खरिद गर्न बजेट विनियोजन भइसकेको र सोही बमोजिम खोप खरिद गरी प्रदेश र स्थानीय तहमा पनि उपलब्ध हुने जनाए ।
उनले भिटामिन ‘के’ ले बालबालिकालाई घाउ चोटपटक लाग्दा हुने अत्यधिक रक्तश्राव रोक्ने जनाए । डा गौतमका अनुसार सरकारले हाल नेपालमा १२ प्रकारका खोपहरु बालबालिकालाई दिंदै आएको छ ।
भिटामिन ‘के’ नवजात शिशुहरुलाई सुईद्धारा दिइन्छ । डा गौतमले यो सुई लगाएपछि बालबालिकालाई घाउचोटपकबाट हुने रक्तश्रावलाई रोक्ने भएकाले धेरै नै उपयोगी हुने जनाए ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त