नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुग्यो, २०७ जनाले गुमाए ज्यान
७५ जनाको आइसीयू र २२ जनाको भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वमा कोरोना महामारी शुरु हुँदा नेपालीको ‘इम्युनिटी पावर’ बलियो छ त्यसैले कोरोनाले असर कम गर्छ भन्ने बहस निकै चल्यो । तर त्यही बहस चलिरहँदा नेपाल प्रवेश गरेको कोरोना भाइरसको संक्रमणले आज शनिबार ४ बजेसम्म २०७ जनाको ज्यान लिइसकेको छ ।
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा आज ८८४ जना नयाँ संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगिसकेको छ ।
गत २४ घण्टामा मात्रै देशका विभिन्न जिल्लामा गरी १२ जनाले ज्यान गुमाएका छन्। यसैगरी हाल १७५ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने २२ जना सिकिस्त संक्रमितको भेन्टिलेटरमा उपचार भइहरेको छ ।
नेपालमा हाल १६ हजार ५७८ सक्रिय संक्रमित रहेका छन्। जो संस्थागत र होम आइसोलेसनमा रहेका छन्। यसैगरी हालसम्म कोरोनाको आशंकामा ६ लाख ६९ हजार ६२६ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिसकेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये नेपालमा जम्म ५५ प्रतिशत मात्र निको भएका छन्।
हालसम्म कोरोना जितेर निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा