Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुग्यो, २०७ जनाले गुमाए ज्यान

७५ जनाको आइसीयू र २२ जनाको भेन्टिलेटरमा उपचार हुँदै

नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुग्यो, २०७ जनाले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वमा कोरोना महामारी शुरु हुँदा नेपालीको ‘इम्युनिटी पावर’ बलियो छ त्यसैले कोरोनाले असर कम गर्छ भन्ने बहस निकै चल्यो । तर त्यही बहस चलिरहँदा नेपाल प्रवेश गरेको कोरोना भाइरसको संक्रमणले आज शनिबार ४ बजेसम्म २०७ जनाको ज्यान लिइसकेको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा आज ८८४ जना नयाँ संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगिसकेको छ ।

गत २४ घण्टामा मात्रै देशका विभिन्न जिल्लामा गरी १२ जनाले ज्यान गुमाएका छन्। यसैगरी हाल १७५ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने २२ जना सिकिस्त संक्रमितको भेन्टिलेटरमा उपचार भइहरेको छ ।

नेपालमा हाल १६ हजार ५७८ सक्रिय संक्रमित रहेका छन्। जो संस्थागत र होम आइसोलेसनमा रहेका छन्। यसैगरी हालसम्म कोरोनाको आशंकामा ६ लाख ६९ हजार ६२६ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिसकेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये नेपालमा जम्म ५५ प्रतिशत मात्र निको भएका छन्।

हालसम्म कोरोना जितेर निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार