Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार मात्रै उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।  काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरमा १२ जना गरी कुल १८६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जनाएका छन्।

नेपालमा गत २४ घण्टामा ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार