Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौैं : ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौंकी ५१ वर्षीया महिला र भदौ ८ गतेदेखि उपचाररत भक्तपुरका ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

काठमाडौंकी संक्रमित महिलाको शुक्रबार राती १०:४० बजे मृत्यु भएको र भक्तपुरका पुरुषको शनिबार बिहान ६:४० बजे मृत्यु भएको जनाइएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु ह्वात्तै बढेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार