पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताएका छन्। पोखरा महानगरपालिका वडा नं १४ निवासी ५८ वर्षीय पुरुष भदौ ७ गते प्रतिष्ठानको अस्पतालमा भर्ना भई शल्यक्रिया गरिएको डा आचार्यले जनाएका छन्।
कोरोनाको आंशकामा स्वाब परीक्षण गर्दा उनमा भदौ १० गते कोरोना पोजेटिभ देखिएको थियो । त्यस लगत्तै कोभिड १९ आइसीयूमा राखेर उपचार भइरहेकोमा उनको आज बिहान मृत्यु भएको हो ।
प्रतिष्ठानमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा