पाल्पामा ३० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन\काठमाडौं : लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पाल्पा तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोना परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनको उपचारकै क्रममा शुक्रबार साँझ मृत्यु भएको लुम्बिनी मेडिकल कलेज पाल्पाले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा