चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \चितवन : चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड- १९ प्रयोगशालामा हिजो राति गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी संक्रमण हुनेहरुमा चितवनका १५ जना, मकवानपुरका १ जना, गोरखाका १ जना, नवपुरका १ जना, सप्तरीका १ जना र दैलेख, गुल्मी, बाराका गरी ३ जना रहेका छन्।
यसैगरी सुर्खेत र मोरङका पनि २ जना रहेका छन्। गत २४ घण्टामा अस्पतालले २७५ जनाको पीसीआर परीक्षण गरेकोमा २६ जनाको मात्र पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा