Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \चितवन : चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड- १९ प्रयोगशालामा हिजो राति गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यसरी संक्रमण हुनेहरुमा चितवनका १५ जना, मकवानपुरका १ जना, गोरखाका १ जना, नवपुरका १ जना, सप्तरीका १ जना र दैलेख, गुल्मी, बाराका गरी ३ जना रहेका छन्।

यसैगरी सुर्खेत र मोरङका पनि २ जना रहेका छन्। गत २४ घण्टामा अस्पतालले २७५ जनाको पीसीआर परीक्षण गरेकोमा २६ जनाको मात्र पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार