पोखरामा थप एक जना चिकित्सकमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरास्थित मणिपाल अस्पतालमा कार्यरत एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गरिएको परीक्षण मध्ये साँझ ७ बजे ९ जनाको रिपोर्ट पोजेटिभ आएकोमा एक जना चिकित्सक रहेका छन्।
क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका लमजुङका ८ जना र कास्कीका १ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा लमजुङका ८ जना प्रहरी रहेको खुलेको छ भने कास्कीका १ जना भने मणिपाल अस्पतालका चिकित्सक रहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा