नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो
२४ घण्टामा ९२७ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज थप ९२७ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ९२७ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै कुल कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । गत २४ घण्टामा मात्रै विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ८ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । हाल देशभर १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन्।
यसैगरी आज मात्रै १६९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २० हजार २४२ जना पुगेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा