पोखरामा कोरोना संक्रमणबाट ५२ वर्षीय पुरुषको मृत्यु
हेल्थ टिभी अनलाइन\ पोखरा : पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जनाएका छन्।
डा आचार्यका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि उनलाई आजै बिहान अस्पताल ल्याइएको थियो । उपचार शुरु गरिएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनी उच्च रक्तचाप र मधुमेहका समेत बिरामी रहेको अस्पतालले जनाएको छ ।
उनीसँगै प्रतिष्ठानमा कोरोना पोजेटिभ भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम