Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बीपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई जना कोरोना संक्रमितको  मृत्यु भएको छ । उनीहरुको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

झापा दमक नगरपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिलाको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार बेलबारी ५ मोरङका ५६ बर्षीया महिला र झापा दमकका ८३ वर्षीय पुरुषको  शुक्रबार विहान मृत्यु भएको हो । दुबै जना दीर्घरोगी रहेको बताइएको छ ।

दुवैको शव व्यवस्थापनको कार्य भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार