२४ घण्टामा थपिए १ हजार १११ संक्रमित, ८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ६२९ परीक्षण गर्दा १ हजार १११ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन देखिएको संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । यसैगरी हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्रै ८ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन्। योसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड