गण्डकी प्रदेशमा सेना, प्रहरीसहित थप २५ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा सेना, प्रहरीसहित थप २५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका विज्ञप्ति जारी गर्दै आज थप २५ जनामा संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १९सय ७७ पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङका ८ जना, तनहुँका ९ जना, लमजुङका ४ जना, नवलपरासीका ३ जना र पर्वतका १ जना रहेका छन्। गण्डकीमा आज मात्रै एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त