Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा सेना, प्रहरीसहित थप २५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा सेना, प्रहरीसहित थप २५ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा सेना, प्रहरीसहित थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका विज्ञप्ति जारी गर्दै आज थप २५ जनामा संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १९सय ७७ पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङका ८ जना, तनहुँका ९ जना, लमजुङका ४ जना, नवलपरासीका ३ जना र पर्वतका १ जना रहेका छन्। गण्डकीमा आज मात्रै एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार