Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पोखरामा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

पोखरामा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन\ पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ११ निवासी ३२ वर्षीय महिलाको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताएका छन्। भर्दौ ७ गतेदेखि आइसीयूमा राखेर उपचार भइहरेकोमा उनको उपचारकै क्रममा आज मृत्यु भएको उनले जनाएका छन्।

योसँगै प्रतिष्ठानमा कोरोना संक्रमण भई उपचारको क्रममा मृत्यु हुनेको संख्या पाँचौं पुगेको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार