बुटवलमा ५० वर्षीय कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिएका छन्।
५ दिनअघि कोरोना पोजेटिभ भएको पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता को समस्या रहेको डा थापाले जनाएका छन्।
योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म आधिकारिक रुपमा दिएको जानकारी अनुसार नेपालमा १७५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा