स्वास्थ्य मन्त्रालयले भन्यो, संक्रमितलाई १४ दिनमै घर पठाउनु
१४ दिन भन्दा बढी अस्पतालमा राखे सरकारले खर्च नब्यहोर्ने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई १४ दिनमै अनिवार्य घर पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १० दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ आए सोही दिन र पोजेटिभ आएर थप ४ दिन राखेर १४औं दिनमा संक्रमितलाई अनिवार्य घर पठाउन निर्देशन दिएका हुन्।
यसरी चौधौं दिनमा घर पठाउँदा पुन परीक्षण गर्न नपर्ने पनि उनले जनाएका छन्। सरकारको निर्देशिका विरुद्ध गएर कुनै अस्पतालले १४ दिन भन्दा बढी राखेमा सरकारले सो बापत अस्पताललाई सोधभर्ना रकम नदिने पनि उनले जनाएका छन्।
यो नियम लक्षण नदेखिएका र सामान्य लक्षण देखिएका संक्रमितको हकमा मात्र लागू हुने उनले स्पष्ट पारेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम