Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले भन्यो, संक्रमितलाई १४ दिनमै घर पठाउनु

१४ दिन भन्दा बढी अस्पतालमा राखे सरकारले खर्च नब्यहोर्ने

स्वास्थ्य मन्त्रालयले भन्यो, संक्रमितलाई १४ दिनमै घर पठाउनु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई १४ दिनमै अनिवार्य घर पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १० दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ आए सोही दिन र पोजेटिभ आएर थप ४ दिन राखेर १४औं दिनमा संक्रमितलाई अनिवार्य घर पठाउन निर्देशन दिएका हुन्।

यसरी चौधौं दिनमा घर पठाउँदा पुन परीक्षण गर्न नपर्ने पनि उनले जनाएका छन्। सरकारको निर्देशिका विरुद्ध गएर कुनै अस्पतालले १४ दिन भन्दा बढी राखेमा सरकारले सो बापत अस्पताललाई सोधभर्ना रकम नदिने पनि उनले जनाएका छन्।

यो नियम लक्षण नदेखिएका र सामान्य लक्षण देखिएका संक्रमितको हकमा मात्र लागू हुने उनले स्पष्ट पारेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार