२४ घण्टामा ११ जना संक्रमितको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७५ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्रै देशभरका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । यसरी मृत्यु हुनेहरुमा २ जना महिला र ९ जना पुरुष रहेका छन्। पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या दैनिक रुपमा बढिरहेको छ ।
यसैगरी आइसीयू र भेन्टिलेटरको उपचार चाहिने संक्रमितको संख्या पनि बढ्दो छ । हाल १४ जना सिकिस्त संक्रमितको भेन्टिलेटरमा र १५१ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल ३४ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम