Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना कहर: काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा

कोरोना कहर: काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि  भदौ ३ गतेको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा आज राति बुधबार सकिँदै थियो ।

जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसी को बैठकले काठमाडौं उपत्यकाभरी निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको थियो। सोही बमोजिम थप एक साता अर्थात् भदौ १७ गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार