गण्डकीमा १७ सेनासहित थप २३ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा सेनाका १७ जनासहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्रमा गत २४ घण्टामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १९ सय ३६ पुगेको छ ।
बुधबार कोरोना संक्रमण हुनेहरुमा लमजुङका २० जना, कास्कीका २ जना र नवलपरासीका १ जना रहेका छन्। कास्कीका एक जना अस्पतालमा कार्यरत कर्मचारी भएको पनि जनाइएको छ । यसैगरी लमजुङका २० मध्ये एक जना भने बैंकका कर्मचारी हुन्। गण्डकीमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ सय ४३ पुगेको छ ।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य