Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धनगढीमा ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु

धनगढीमा ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \धनगढी :  नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितको उपचारकै क्रममा मृत्यु भएको हो । मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको आज मृत्यु भएको हो ।

मंगलबार साँझसम्म उनको धनगढीको निसर्ग अस्पतालको आइसीयूमा उपचार भईरहेको थियो भने कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा लगेर अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइहरकै बेला मृत्युु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार उनमा कडा खालको निमोनियाको समस्या थियो। उनको ट्राभल हिस्ट्री भने नभएको जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार