काठमाडौंका ५४ वर्षीय कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौं निवासी ५४ वर्षीय पुरुषको ललितपुरस्थित पाटन अस्पतालमा उपचारकै क्रममा मंगलबार राती साढे ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गर्दै गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचारमा रहेका उनको मृत्यु भएको पुष्टि भएको हो ।
नेपालमा पछिल्लो समय कोराना संक्रमणबाट हुने मृत्यु दर बढ्दै गएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा