नेपालगञ्जका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै नेपालगञ्ज महानगरपालिका वडा नम्बर १ का ३७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारकै क्रममा उनको मंगलबार राती मृत्यु भएको हो ।
उनी निमोनिया भएपछि भदौ ८ गते सोमबार बिहान अस्पतालमा भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या देखेपछि ८ गते नै पीसीआर परीक्षण गरिएकोमा उनको मंगलबार दिउँसो कोरोेना रिपोर्ट पोजेटिभ आएको र सोही राती मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा