नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा मात्रै ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमणबाट मृत्यु पुष्टि हुनेहरुमा काठमाडौंका ३, सिरहाका १ , पर्साका १, धनुषाका १ र रुपन्देहीका १ जना रहेका छन्।
आज मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरुष रहेको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा