काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २३२ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ।
मन्त्रालयका अनुसार आज देशभर ८५५ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी २४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या नै १९ हजार ११९ पुगेको छ । आज मात्रै ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम