दुई सुरक्षाकर्मीसहित गण्डकीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा दुई सुरक्षाकर्मीसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आज २ जिल्लामा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १९ सय ८ पुगेको छ । प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा कास्कीका ७ जना र तनहुँका ६ जनामा कोरोना पुष्टि भएको हो ।
यी मध्ये पोखरा ४ का दुई जना सुरक्षाकर्मी रहेको र पोखरा १० का एक जना संक्रमित केही दिनअघि दुबईबाट आएका हुन्। गण्डकीमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ सय ३९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा