Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा राजन पाण्डे भन्छन्, कुनै न कुनै दिन संक्रमित हुन्छु भन्ने लागेको थियो

डा राजन पाण्डे भन्छन्, कुनै न कुनै दिन संक्रमित हुन्छु भन्ने लागेको थियो

हेल्थ टिभी अनलाइन\ बाँके: नेपालमा कोरोना भाइरस  (कोभिड-१९ ) संक्रमण भित्रिए लगतै घोषणा भएको लकडाउनको पहिलो दिनदेखि नै अग्रपंक्तिमा रहेर नेपालगञ्जमा खटिएका डा राजन पाण्डे विगत ५ महिलासम्म दिनरात नभनी फिल्डमा कार्यरत रहे । भय, त्रास तथा अन्योलकाबीच धेरै नेपाली नागरिकले दिन बिताउँदै गर्दा उनी कहिल्यै विचलित भएनन्। हरेक दिन कोरोना विरुद्धको लडाईमा ‘कोरोना हटस्पट’ बनेको नेपालगञ्जमा आफनो क्षमता अनुसार लड्दै आएका उनी थप साहस बटुल्दै मोर्चामा सहभागी भए । नेपालभर कोभिड- १९ फैलिदै गर्दा उनको मनमा भने कुनै न कुनै दिन आफू संक्रमित हुन्छु भन्ने लागेको थियो । अन्ततः अहिले त्यहि भयो ।

बाँकेको भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट फिजिसियन एवं अस्पतालका मेडिसिन विभागका प्रमुख डा राजन पाण्डेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना महामारी शुरु भएदेखि नै संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका डा पाण्डेलाई आज कोरोना पोजेटिभ पुष्टि भएको हो ।

उनले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भने, ‘मलाई संक्रमितको उपचारमा खटिंदा आफू कुनै न कुनै दिन संक्रमित हुन्छु भन्नेमा तयार नै थिएँ । ढिलो चाँडो भन्ने मात्र थियो । आज पोजेटिभ भएको रिपोर्ट आयो । त्यसैले मलाई अनौंठो लागेको छैन्।

बिरामीको सेवामा खटिंदा आफू संक्रमित भए पनि आफूलाई कुनै पछुतो नभएको भन्दै यसलाई जितेर पुन काममा फर्किने उनको भनाई छ । उनले आफू जस्तै संक्रमितका लागि निको भएपछि प्लाज्मा दिन पनि तयार भएको बताएका छन्।

डा पाण्डेले आफू अस्पतालमै आइसोलेसनमा बस्न चाहेको भन्दै सरकारले यो बेला कोरोनाको युद्धमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन जरुरी रहेको बताए । कतिपय स्थानमा स्वास्थ्यकर्मीलाई घरबाट निकालेको भन्दै यस्ता व्यकितलाई कारवाही गर्दै स्वास्थ्यकर्मीको जिम्मा सरकारले लिन सके जस्तो सुकै परिस्थितीमा पनि आफूहरु बिरामीको लागि लड्न तयार रहेको बताए । उनले आफनो भन्दा पनि परिवारमा संक्रमण सारे की भन्ने चिन्ता लागेको भन्दै उनीहरुको स्वाब संकलन गरेको तर रिपोर्ट भने नआएको जनाएका छन्। यसअघि हिजो मात्रै भेरी अस्पतालमा एक जना चिकित्सकमा पनि कोरोना संक्रमण देखिएको थियो ।

 

थप समाचार