२४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५७ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्ष्णमा थप ७४३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाको आशंकामा हाल क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७७५ रहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार १५४ जना छन भने होम आइसोलेसनमा ४ हजार ५६१ जना रहेका छन्।
मन्त्रालयका अनुसारआज मात्रै ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा