सुदूरपश्चिममा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परिक्षण गरिएकोमा ५७ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिएका छन्।
उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १,बैतडीको आर्मी क्यामका १ जनामा कोरोना पुष्टि भएको हो। यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाका ७, घोडाघोडी नगरपालिकाका ३१, टिकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा