Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \डडेल्धुरा :  सुदूरपश्चिममा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परिक्षण गरिएकोमा ५७ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिएका छन्।

उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १,बैतडीको आर्मी क्यामका १ जनामा कोरोना पुष्टि भएको हो। यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाका ७, घोडाघोडी नगरपालिकाका ३१, टिकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार