कोरोना विरुद्धका तीनवटा भ्याक्सिन नेपालमा पनि परीक्षण हुने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वमा नै क्लिनिकल ट्रायलमा रहेका कोरोनाविरुद्धको तीन वटा भ्याक्सिनको नेपालमा पनि परीक्षण हुने भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले नेपालमा चीन, रशिया र युकेले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण हुने लागेको बताएका हुन्। उनले यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको बताए।
डा ज्ञवालीका अनुसार चीन, रशिया र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि ‘थर्ड फेज क्लिनिकल ट्रायल’ हुने भएको हो। उनले यसका लागि परिषदले नेतृत्व लिएको पनि जानकारी दिए ।
कोभिड -१९ विरुद्धका उक्त भ्याक्सिन नेपालमा पनि केही कम्पनीहरुले ‘थर्ड फेज क्लिनिकल ट्रायल’ गर्न इच्छुक भएकाले यसको प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा