Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना विरुद्धका तीनवटा भ्याक्सिन नेपालमा पनि परीक्षण हुने

कोरोना विरुद्धका तीनवटा भ्याक्सिन नेपालमा पनि परीक्षण हुने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वमा नै क्लिनिकल ट्रायलमा रहेका कोरोनाविरुद्धको तीन वटा भ्याक्सिनको नेपालमा पनि परीक्षण हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले नेपालमा चीन, रशिया र युकेले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण हुने लागेको बताएका हुन्। उनले यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको बताए।

डा ज्ञवालीका अनुसार चीन, रशिया र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि ‘थर्ड फेज क्लिनिकल ट्रायल’ हुने भएको हो। उनले यसका लागि परिषदले नेतृत्व लिएको पनि जानकारी दिए ।

कोभिड -१९ विरुद्धका उक्त भ्याक्सिन नेपालमा पनि केही कम्पनीहरुले ‘थर्ड फेज क्लिनिकल ट्रायल’ गर्न इच्छुक भएकाले यसको प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार