चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार भरतपुर अस्पताल कोभिड- १९ प्रयोगशालामा २४ घण्टामा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राती १० बजेसम्म २०९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना देखिएको हो । अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा ५ वर्षीया बालिकादेखि ५५ वर्षका सम्म रहेका छन्। चितवनामा पछिल्लो समय अस्पतालमा आएका बिरामी र स्वास्थ्यकर्मीमा नै बढी संक्रमण देखिन थालेको छ ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड