‘स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कडा कारवाही गरिन्छ’
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीका बेला ज्यान जोखिममा राखेर बिरामीको उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कडा कारवाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने क्रम बढेको भन्दै उनीहरुलाई कडा कारवाही गर्नका लागि प्रशासनलाई पत्र काटिसकेको बताए । डा गौतमले केही दिन अघि चितवनमा एक जना डाक्टरको घरमा गई संक्रमितको घर भन्दै ब्यानर लिएर जानेलाई कडा कारवाही गरिने आश्वासन दिए । उनले यता काठमाडौंमा नै शनिबार सिभिल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई होस्टेलमा बस्न अवरोध पुराएको प्रसंग निकाल्दै उनीहरु सबैलाई संक्रामक रोग ऐन अनुसार कारवाही हुने जानकारी दिए ।
कोरोना महामारी शुरु भए यता स्वास्थ्यकर्मीले कोरोना सार्ने भन्दै धेरै स्थानमा यस्ता दुर्व्यवहारका घटना बाहिर आउन थालेका छन्। डा गौतमले आफनो ज्यान जोखिममा राखेर खानपिन समेत नभनी बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सहयोग गर्नुको सट्टा दुर्व्यवहार गर्नु निकै दुखद भएको बताए । यसो गरेको पाइएमा कडा कारवाही हुने भन्दै सम्पूर्ण स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न आग्रह गरे ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम