Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कडा कारवाही गरिन्छ’

‘स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कडा कारवाही गरिन्छ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीका बेला ज्यान जोखिममा राखेर बिरामीको उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कडा कारवाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने क्रम बढेको भन्दै उनीहरुलाई कडा कारवाही गर्नका लागि प्रशासनलाई पत्र काटिसकेको बताए । डा गौतमले केही दिन अघि चितवनमा एक जना डाक्टरको घरमा गई संक्रमितको घर भन्दै ब्यानर लिएर जानेलाई कडा कारवाही गरिने आश्वासन दिए । उनले यता काठमाडौंमा नै शनिबार सिभिल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई होस्टेलमा बस्न अवरोध पुराएको प्रसंग निकाल्दै उनीहरु सबैलाई संक्रामक रोग ऐन अनुसार कारवाही हुने जानकारी दिए ।

कोरोना महामारी शुरु भए यता स्वास्थ्यकर्मीले कोरोना सार्ने भन्दै धेरै स्थानमा यस्ता दुर्व्यवहारका घटना बाहिर आउन थालेका छन्। डा गौतमले आफनो ज्यान जोखिममा राखेर खानपिन समेत नभनी बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सहयोग गर्नुको सट्टा दुर्व्यवहार गर्नु निकै दुखद भएको बताए । यसो गरेको पाइएमा कडा कारवाही हुने भन्दै सम्पूर्ण स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न आग्रह गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार