२४ घण्टामा थप ८१८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार पुष्टि भएका संक्रमितको संख्यासहित कुल कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । यसैगरी आज मात्रै २८१ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १८ हजार ६१ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाको आशंकामा हाल क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ४१४ रहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार २१२ जना छन भने होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन्।
मन्त्रालयका अनुसारआज मात्रै तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा