Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा थप ८१८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुग्यो

२४ घण्टामा थप ८१८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार पुष्टि भएका संक्रमितको संख्यासहित कुल कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । यसैगरी आज मात्रै २८१ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १८ हजार ६१ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको आशंकामा हाल क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ४१४ रहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार २१२ जना छन भने होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन्।

मन्त्रालयका अनुसारआज मात्रै तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार